मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुदमा राज्यले लगानी बढाउनु पर्छ : मुख्यमन्त्री राउत



कार्तिक ३, पर्सा –

पर्साको जिराभवानी गाउँपालिकामा आजदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको  बताएका छन ।

“खेलकूदमा लागेका युवाको भविष्यको सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय प्रतियोगितामा  नेपालको प्रतिस्पर्धी क्षमता बढाउन खेलकुदमा राज्यले लगानी बढाउनु पर्ने मुख्यमन्त्री राउतले बताए।

खेलकुद क्षेत्र र खेलाडिको भबिष्य प्रती प्रदेश सरकार चिन्तित रहेको बताउदै मुख्यमन्त्री राउतले अगामी दिनमा खेलाडिहरुको भबिष्य सुरक्षित हुने खालका कार्यक्रम ल्याइने समेत बताय ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  ३ : ५३ बजे