मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्टार स्ट्राइकर एमबाप्पे चम्किदा फ्रेन्च लिग वान फुटबलमा पिएसजीको लगातार जित



कात्किक ४, काठ्मान्डौ-

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले  लगातार १० औं जित दर्ता गरेको छ। शनिबार रातिको खेलमा एमिनेसलाई ५-० लेपराजित गर्दै पिएसजीले  १० औं जित दर्ता गरेको हो। यो जितसँगै १० खेल खेल्दै शीर्ष स्थानमा रहेको पिएसजीले ३० अंक जोडेको छ।

घलेलु मैदानको खेलमा पिएसजीले शानदार जित दर्ता गरेको हो। पिएसजीले एमिनेसमाथि पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गर्यो।

पिएसजीको जितका लागि एमबाप्पे, राबिओत, ड्रेक्सलर डिएबी र माक्र्वीन्होस्ले गोल गरे।

पिएसजीका लागि अन्तिम सात मिनेटमा ड्रेक्सलर, एमबाप्पे र डीएबीले गोल गरे। स्टार स्ट्राइकर एमबाप्पेले यो सिजनका लागि १० खेलमा ११ गोल गरिसकेका छन्।बिश्वकप फुटबल देखी सबै फुट्बल प्रेमिको नजरमा रहेका स्टार स्ट्राइकर एमबाप्पेले यो सिजनका लागि १० खेलमा ११ गोला गर्दै को जितलाई पक्का गर्दै आइरहेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  ४ : ४४ बजे