४ कात्तिक, हुम्ला ।
हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सुरेन्द्र कार्की छन् ।
४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली स्थानीय २८ वर्षीय सुरेन्द्र कार्की लाई लाग्दा कार्किको मृत्यु भएको बताइएको छ ।
प्रहरीले बन्दुक पड्काउने महतारालाई भरुवा बन्दुकसहित पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए । थप अनुसन्धान जारी रहेको प्रहरिले जनाएको छ ।
गोठालो गएका कार्की गोली लागेर गम्भीर घाइते भएका र उपचारका लागि स्वास्थ्य चौकी, रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।