काठ्मान्डौमा बढ्दैछ चहल पहल् , मुख्य चोकहरुमा बिस्तारै शुरु हुँदैछ ट्राफिक जाम



कात्किक ४, काठ्मान्डौ-

दसैँ मनाउन घर गएकाहरु काठमाडौँ फर्कने क्रम बिस्तारै बढे सगै काठ्मन्डौको चहलपहल बढ्न थालेको छ । राजाधानी बाहिर घर भएर बिभिन्न काम र पेशाले उपत्यकामा बस्ने तथा काठ्मान्डौमा पढ्ने बिधार्थीहरु  दशै मनाएर काठ्मन्डौ फर्किने क्रम बिस्तारै शुरु भएको  हो ।  दशैं मनाउनको लागि काठ्मान्डौबाट झण्डै २२ लाख भन्दा बढी बाहिरिएका थिय।

यस अघी सुनसान लाग्ने सडक बजारमा अलि अलि चहल पहल देखिन थालेको छ । कोटेश्वर,बनेश्वर्,माहाराजगन्ज्,थापाथलि,त्रीपुरेश्वर लगयतका ब्यस्त सडकाका मुख्य चोकहरुमा अलि अलि सवारी जाम शुरु हुन थालेको छ ।

दसैँका लागि बिदा भएका सरकारी कार्यालय आइतबारदेखि खुलेका छन् । दसैँ बिदा सकिएसँगै दसैँका लागि बिदा भएका सरकारी कार्यालय आइतबारदेखि खुलेका छन् ।  यस्तै दसैँका लागि बन्द भएका निजी कार्यालयहरु पनि खुल्न थालेका छन् ।

अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको चाप  त्यति देखिएको छैन । तर कर्मचारी कम हुँदा कामका लागि पुगेका थोरै सेवाग्राहीलाई पनि समस्या भएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  ८ : ०० बजे