कात्किक ४, विराटनगर-
नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काङ्ग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको बताएका छन ।
नेता गच्छदारले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महँगी वृद्धि र जनतामा कर भार थपिदै दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था नाजुक भएका कारण करणी र हत्याका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गरे ।
त्यस्तै परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने र सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले बताए ।