कार्तिक ५, काठ्मन्डौ-
नेपाल राष्ट्र बैंकले आज सोमबार १२ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको छ । राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ऋणपत्र बिक्री गर्न लागिएको हो ।
बिक्री गरिने कुुल ऋणपत्र मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ बराबरको रहेको । यसमध्ये ९१ दिनेको परिपक्व मिती २०७५ माघ आठ गते, एक सय ८२ दिनेको परिपक्व मिती २०७६ बैशाख १० गते र तीन सय ६४ दिने ऋणपत्रको परिपक्व मिती २०७६ कार्तिक पाँच गते रहेको छ
राष्ट्र बैंकले यही असोज २९ गते पनि २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिल जारी गरेको थियो ।