काठमाडौंमा नक्कली नोटको विगविगी , पैसा छाप्ने मेसिन सहित पाँच जना पक्राउ



कार्तिक ५, काठ्मन्डौ-

राजधानीमा छ्यापछयाप्ती नक्कली नोट भेटिएको छ । महानगरीय प्रहरी परिसर टेकुुले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तीन लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेपछि उपत्यकामा छ्याछ्याप्ती नक्कली नोटको कारोवार हुुने गरेको तत्थ्य सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको गोप्य सुचना प्राप्त भए पश्चात नक्कली नोटको कारोवारको बिषयमा अपरेसन चलाईएको थियो । सो क्रमम नक्कली नोट सहित काठमाडौं र ललितपुरको बिभिन्न स्थानबाट पाँच जना व्यक्तिहरु पक्राउ परेका हुुन ।
पक्राउ पर्नेहरुमा जिल्ला पर्सा विरुवा गुठी (पर्सागढी न.पा ३) घर भई हाल हाल किनपा वडा न ४ मच्छेगाँउ वस्ने वर्ष २७ को प्रमुख योजनाकार तथा सिराहा जिल्लावाट हात हतियात तथा खरखजाना मुद्दामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका ईन्द्र वहादुर श्रेष्ठ, गोर्खा जिल्लाको शहिद लखन गाँउ पालीका वडा न ८ घर भई हाल किनपा वडा न ४ मच्छेगाँउ वस्ने वर्ष २५ को नारायण श्रेष्ठ, मकवानपुर जिल्लाको हर्नामाडी  वडा न ९ घर भई हाल मुलपानी वस्ने वर्ष २५ को साहिल थापा मगर, पर्सा जिल्लाको विरुवा गुठी ३ घर भई हाल वौद्द जोरपाटी वस्ने वर्ष २८ को राज श्रेष्ठ र काठमाडौ जिल्लाको कागेश्वरी मनहरा वडा न ११ घर भई हाल कुमारी गाल वस्ने वर्ष २९ को विकास दोचे रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट नक्कली नोट तीन लाख ७० हजार, ब्रदर कम्पनीको पैसा छाप्ने मेसिन एक थान, मसी दुुई बट्टा, पैसा छाप्न प्रयोग हुुने पेपर दुुई बण्डल, मोवाईल चार थान, कैची तीन थान, लालीगुराँस अंकित रवरछाप, नक्कली पैसा वनाउने प्रयोग भएका सक्कली एक हजार दरका नोट तीन थान र एक सयको नोट थान तीन थान, गोर्खा फाईनान्सको ट्याग भएको  पैसा वण्डल वनाउन प्रयोग गरिने १२ थान, एनआईसी एशियाको नक्कली चेक बरामद भएको छ ।
उनीहरुले ति नक्कली नोटकरु होटल तथा रेष्टुरेन्टमा पैसा तिर्न, किराना पसलमा सामान किन्न, सक्कलीमा मिसार बजारमा पठाउने गरेको अनुुसन्धानबाट खुुलेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५६ को खोटा मुद्दा वनाउन नहुने सम्वन्धी ऐन अनुसार कारवाहीको लागि अनुुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । खोटा मुुद्रा वनाएको कार्यमा संलग्न उपर मुुद्राको परिमाण र मुल्य विचार गरी पाँच वर्ष देखी १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।
गत शुुक्रबार पनि महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन रहेका थिए । उनीहरुबाटै प्राप्त सूचनालाई फलो गर्दैे जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको प्रहरीले जानकारी  दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले आफ्नो कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  ६ : ५६ बजे