मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी हबल्दार चन्देश्वर गिरी घुस रकमसहित पक्राउ



जनकपुधाम्-कार्तिक ६

जनकपुर उपमहानगरपालिकाको कदम चोकबाट सशस्त्र प्रहरी हबल्दार चन्देश्वर गिरी १२ हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट आएको टोलीले सशस्त्र प्रहरी हबल्दार गिरीलाई घुससहित पक्राउ गरेको हो। भारतबाट सामान ल्याउन सहज बनाइदिने भन्दै गिरीले  १२ हजार घुस रकम माग गरेका थिए ।

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कदम चोकस्थित एक पसलबाट सशस्त्र प्रहरीको घुमुआ गिरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।पक्राउ परेका गिरीबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार  ९ : ३२ बजे