जुम्लामा जिप दुर्घटना, तीनको मृत्यु



जुम्ला

जिप सडकबाट दुई सय ५० मिटर तल खस्दा जुम्लाको सिजा गाउँपालिका नराकोटमा बुधबार एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाए अनुसार जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नम्बरको जिप दुर्घटना हुँदा तिला गाउँपालिका ३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी सार्की र ८ महिनाको छोरी मैना सार्कीको मृत्यु भएको हो ।

प्रकाशित मिति : कार्तिक ७, २०७५ बुधबार  १ : ३२ बजे