स्थापना दिबस भब्य रुपमा मनाउने तयारिमा नेपाल तरुण दल , आउने शनिबार सानेपामा कार्यक्रम आयोजना



काठमाडौं, कार्तिक ८-

यही आउने शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा एक कार्यक्रमको आयोजना गरी नेपाल तरुण दलले आफ्नो स्थापना दिबस भब्य रुपमा मनाउन लागेको छ ।

कार्यक्रमको सबै तयारी पुरा भएको तरुण दलका अध्यक्ष जित्ज बस्नेतले न्यू सन्चारलाई बताए । स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् र कार्यक्रममा काँग्रेसका सबै नेतागण तथा सबै भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलाई बोलाइएको अध्यक्ष बस्नेतले बताए ।

पछिल्लो समय तरुण दलले सङ्गठित हुँदै देशै भरी प्रशिक्षण लगायतका कार्यक्रम तथा बिभिन्न सामजिक काम र युबाहरुको क्षमता अभिबृद्दी गर्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ । अन्य भातृसंस्थाहरु बिबादै बिबादले थला परेको बेलामा पनि तरुण दलले एकता प्रद्रशन गर्दै सङ्गठनिक्, राजनीतिक्, र सामाजिक काम हरु अघाडी बढाइरहेकोमा पार्टी भित्र तरुण दल र तरुण दलको बर्तमान नेतृत्वको प्रशस्म्शा हुने गरेको छ भने काँग्रेसका नेता कार्यकर्ताहरुमा आशाको सन्चार गराउन तरुण दल केहि हदसम्म सफल देखिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहिबार  ५ : ५२ बजे