८ कात्तिक, काठमाडौं ।
नेकपाका अध्यक्ष प्रचण्ड भोली फेरी भारत जाने भएका छन् । उनी सत्तारुढ दल नेकपाको अध्यक्षको हैसियतमा फेरी भारत जाने भएका हुन् । केहि समय अघी पनि प्रचन्ड ले भारत र चिनको भ्रमण गरेका थिय । प्रचण्ड निकट स्रोतका अनुसार उनी ‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटन कार्यक्रममा भाग लिन भारत जान लागेका हुन् ।
‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’ भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्न लागेको हो । फाउण्डेसन भारतको थिंक ट्यांक संस्थाको रुपमा चिनिन्छ । प्रचण्ड उद्घाटन कार्यक्रममा मुख्य वक्ताको रुपमा रहनेछन् ।
प्रचण्ड भोलीनै नेपाल फर्किने कार्यतालिका रहेको छ । प्रचण्ड निकट स्रोतका अनुसार भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवको विशेष आग्रहमा उनी भारत जान लागेका भनिय पनि नेपालामा धेरैले नेपाली नेताहरुलाई भारत जानु थिर्थ जानु जस्तै हो भनेर समेत आलोचना गर्ने गरेका छन ।
धेरैले नेपालका नेताहरुको भारत भ्रमणलाई नेपालामा बिकसित हुने राजनितिक घटनाहरु सग समेत जोडेर हेर्ने गरेका छन ।










