कात्तिक ८, सप्तरी –
समाज मा कतिपय अवस्थामा महिलाबाट नै महिलाहरु अपहेलनामा पर्ने गरेका छन । शिक्षा र चेतना को कमिले यस्ता घटनाहरु हुने गरेको महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुले बताउने गरेका छन । भर्खरै सप्तरीमा एउटा यस्तै घटना भएको छ । सप्तरीमा एक महिलालाई बोक्सी भन्दै मलमूख खुवाउन खोज्ने अर्की एक महिला पक्राउ परेकी छन् ।
४० बर्षीया महिलालाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका २ की २२ बर्षीया सुनिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनिताबिरुद्व भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरिएको छ ।
श्रीमान् रोजगारीका लागि विदेश गएको अवस्थामा सुनिताले आफूलाई कुटपिट गर्दै मलमूत्र खुवाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएपछि पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
घटनाकी पिडित मानवतीदेवीको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार तथा स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी निरीक्षक प्रतिक विष्टले बताएका छन ।