एजेन्सी-
बलिवूड नायिका प्रियंका चोपडा र निक जोनस नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिने भएका छन् । भारतिय मिडियाका अनुसार नोभेम्बर ३० तारिखमा हुने भनिउको बिहेमा एक सय १० पाहुनालाई निम्तो दिइएको बताइएको छ ।
विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा तीन दिनसम्म चल्ने बताइएको छ ।संगीत कार्यक्रम नोभेम्बर २९ मा हुनेछ भने रिसेप्सन डिसेम्बर १ मा ।
स्रोतका अनुसार संगित कार्यक्रम र ब्याचलर नाइट मेराङ्घर फोर्टमा हुनेछ । यो जोडीले केही समय पहिले इन्गेजमेन्ट गरिसकेको छ ।