काठमाडौं–
राष्ट्रिय अनुसन्धान विभागको १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन्।
‘विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ। यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रिगर दबाउनुपर्छ।’ मन्त्री थापाले बताए
विभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भइरहेको भन्दै तीनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए।
कार्यक्रममा मन्त्री थापाले दिक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको सुभकामना दिँदै देशले उनिहरुबाट धेरै आशा लिएको भन्दै सोही अनुसार कामको अपेक्षा गरिने समेत बताए ।










