मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी काठमाडौंमा , सोमवार सम्म नेपालमै रहने



९ कात्तिक, काठमाडौँ ।

सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार साँझ नेपाल ल्याइएको छ। शुक्रबार ट्रफी सोमवार सम्म नेपालमै रहनेछ ।

नेपालले एक दिवसिए क्रिकेटको मान्यता पाएपछि ट्रफी नेपाल ल्याइएको हो । शुक्रवार साँझ काठमाण्डौं ल्याइएको ट्रफी स्वयम्भूमा सार्वजनिक गरिएको छ । यसपछी नेपालको विभिन्न भागमा राखेर ट्रफीको प्रर्दशनी गरिने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो पटक विश्वकप ट्रफी नेपाल ल्याएको हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  २ : ४० बजे