मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा नेकपाको चियापान बहिष्कार , फजुल खर्च गरेको आरोप



काठमाडौं कात्तिक, १०–

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना चियापान कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

नेकपाले दशैँ, तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा नेकपाले ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ ।

डा।भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने बताएाका हुन् । उनले ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने भनेर नेकपालाई सुझाव दिएका छन् ।

डा।भट्टराईले आफूलाई नेकपाले एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै डा।भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामनानिमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि रु त्यसैले म आउन सकिनँ । जय होस ।’

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ७ : २२ बजे