कात्तिक, १० काठमाडौं-
नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागीलाई स्वगत गर्दै सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगतिर ले जान लागेको बताएका छन ।
चियापान कार्यक्रममा प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी ओली पनि सहभागी हुनेछन् । उनी दिउँसो तीन बजे सहभागी हुने नेकपा स्रोतले जानकारी दिएको छ । चियापान कार्यक्रममा नेकपाका शिर्ष नेताहरुको सहभागीता रहेको छ ।
यसै बिच सत्तारुढ पार्टीको शुभकामना आदान प्रदान तथा चियापानमा कुटपिट समेत भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचार समितिको नामबाट चियापान बहिस्कारको पर्चा छरिएपछि कार्यकर्ता नै कुटा कुटमा उत्रीएका हुन । पर्चा छरेको देखेपछि नेकपाकै कार्यकर्ताले प्रहरीलाई बाहिर निकाल्न अनुरोध गरेपनी प्रहरीले बाहिर ननिकालेपछि क्रुद्द कार्यकर्ताले कुट्दै कार्यक्रम स्थलबाट बाहिर निकालेका थिय ।
कार्यक्रम्स्थल मा छरिएका पर्चामा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०–५० अथवा समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, लगायतका मागहरु उल्लेख गरिएको छ ।