रौतहट-
रौतहटको कटहरिया बजारमा आगलागी भएको छ । हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय कटहरीयाले बताएको छ ।
गौर नगरपालिको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । हाट बजार लाग्ने घर टहरा जल्दा १५ लाख बढीको धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय कटहरीयाका सई आमोद कुमार यादवले जानकारी दिएका छन् ।