प्रधानमन्त्री ओली अस्वस्थ , पार्टी एकता पछिको पहिलो चियापानमा पनि जान सकेनन



काठमाडौं कात्तिक, १०–

प्रधानमन्त्री समेत रहेका  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था ठिक नभएकै कारण आज आफ्नै पार्टीले   भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सहमागी हुन सकेनन् । उक्त पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष ओली स्वास्थ्य अवस्था विग्रिएकाले कार्यक्रममा सहभागी नभएको बताए ।

दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली ३ बजेपछि कार्यक्रममा सहभागी हुने भनिएपनि स्वास्थ्यावस्थाका कारण सहभागी हुन नसकेको हुन् ।

प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार  २ : ०२ बजे