मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिके राउतको खोजी गर्न नेपाल प्रहरीद्वारा ‘स्पेसल टास्क फोर्स’ गठन



११ कात्तिक, काठमाडौं–

स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ ।

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिन अघि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले पनि सिके राउत समूहको गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार  ३ : ४८ बजे