प्रतिबन्धित रेडपाण्डाको छालासहित एक जना पक्राउ



बाँके कात्तिक, ११–

प्रतिबन्धित  रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।

रेड पान्डा बिश्वमै दुर्लभ र सम्रक्षित जनावर हो यसलाई मार्नु वा ओसार पसार गर्नु कानुन बिपरित कार्य हो ।

 

प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार  १० : ४३ बजे