नेपालले पहिलो पटक पाराग्लाइडिङ विश्वकपको आयोजना गर्दै



कात्तिक, ११ पोखरा –

नेपालले पहिलो पटक पाराग्लाइडिङ विश्वकप गर्ने भएको छ। प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आगामी बिहीबारदेखि स्याङजामा सुरु हुँदैछ।

नेपाल पाराग्लाइडिङ तथा ह्रयान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा स्याङजामा नेपालमै पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको हो

पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे जिल्ला पर्यटन विकास समितिले जनाएको छ।

पुरुष र महिला एकल र सामूहिक गरी पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहनेछ। प्रतियोगितामा ३० देशका १ सय ५० प्याराग्लाइडरको उपस्थिति रहने आयोजकको भनाइ छ।

प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार  १ : १८ बजे