मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्तिक १६ मा कांग्रेसको चियापान कार्यक्रम , करीब १५ हजारलाई पठाइयो निमण्त्रणा कार्ड



काठमाडौं कात्तिक, १२–
नेपाली कांग्रेसले यस बर्षको बडा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदानका लागि कात्तिक १६ गते शुक्रबार पार्टी कार्यालय सानेपामा भब्य चियापान समारोहको आयोजना गरेको छ ।
पार्टीका संस्थापक नेता जननायक बीपी कोइरालाले २०३३ सालम राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि बडा दशैंको पूर्णिमाको भोलिपल्ट चियापान कार्यक्रम गर्ने परम्परा सुरु गरेका थिय । त्यही परम्परालाई गणेशमान सिंह लगायत त्यस पछिका पार्टिका अन्य नेताहरु र पछी पार्टि केन्द्रिय समितिले नै निरन्तरता दिदै आएको हो ।
यस्पालिको चियापान कार्यक्रम पार्टीका पुराना नेता पुर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत श्री चक्रप्रसाद बाँस्तोलाको २०७५ असोज २७ गते राति भएको निधनका कारण उहाँको निधनको तेह्रौं दिनसम्म पार्टी विभिन्न शोकका कार्यक्रमको आयोजना गर्ने भएकोले उहाँप्रति सम्मान प्रकट गर्दै शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरी कार्तिक १६ गते गर्न लागिएको हो ।
 कात्तिक १६ गतेको चियापान कार्यक्रमका लागी सबै राजनैतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, संघीय तथा प्रदेशका माननीय सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका राष्ट्रसेबकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उद्योेगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजिबिहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आबासिय नेपालीहरुको संघ संस्थाहरुका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुलाई  निमन्त्रणा पठाइसकियको नेपाली कांग्रेस केन्द्रिय कार्यलयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै ‘कुनै कारण बस निमन्त्राणा प्राप्त हुन नसकेमा यही सुचना लाई निमणत्रणा मानी कार्यक्रममा आइदिन सबैलाई अनुरोध गर्दछौ’  बिज्ञप्तिमा भनिएको छ ।
कार्यक्रम को लागी करीब १५ हजारलाई निमण्त्रणा कार्ड पठाइएको र कार्यक्रम को अन्य सबै तयारी पुरा हुन लागेको कांग्रेस केन्द्रिय कार्यलयका सुचना अधिकारी केशब रिजालाले न्यू सन्चारलाई बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ४ : ५५ बजे