मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ दिने भ्रमणको लागी राष्ट्रपति भण्डारी कतार प्रस्थान



काठमाडौं कात्तिक, १२–

राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी  ५ दिने कतार भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा  त्यसतर्फ गएकी हुन् । भ्रमणका क्रममा  कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् ।
यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।

भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ८ : ३१ बजे