काठमाडौं ।
इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ ।
जकार्ताबाट पंगकलका लागि उडान भर्दै गरेको फ्लाइट जेटी ६१० विमान दुर्घटनामा परेको अधिकारीहरुले बताएका हुन ।
उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्क विहिन भएको बीबीसीले उल्लेख गरेको छ ।
एक पत्रकार सम्मेलन मार्फत अधिकारीहरुले विमानमा १८८ वयस्क, एक नवजात शिशु र दुइ बच्चा रहेको जनाएका छन् । विमान पानीमा दुर्घटनाग्रस्त भएको र पानी मुनी ३० देखि ४० मिटर गहिराइमा रहेको बताइएको छ ।
विमानमा सवार कसैको जिवितै उद्दार गर्न सक्ने सम्भावना नरहेको बताइएको छ । दुर्घटनाका बारे थप समाचार आउन बाकी छ ।