कार्तिक १२, काठ्मान्डौ-
मलेसिया र नेपाल सरकारका बिच आज नयाँ श्रम सम्झौता सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।
दुई देश बिच आज भएको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिनको तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ । यस्तै कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख गरिएको छ । कार्यस्थलमा दुर्घटना भए पीडितलाई तत्कालै क्षतिपूर्ति र शल्यक्रिया तथा उपचारको छुट्टै बिमा प्याकेज उपलव्ध गराइने समेत सम्झौतामा उल्लेख छ । आज भएको सम्झौता पछी नेपाली कामदारलाई बिनाशुल्क मलेशिया जाने ढोका खुलेको छ ।
मेलेशियासगको श्रम समझदारी नेपाली कामदारको सुरक्षाका लािग कोशे ढुङ्गा सावित भएको मन्त्री विष्टले बताएका छन । उनले यसलाई सरकारको सफलताको रुपमा ब्याख्या गरेका छन ।
नयाँ समझादारी हुन ढिला हुँदा जेठदेखि नयाँ कामदार मलेसिया जान रोकिएको थियो । मलेसियामा करिव ४ लाख नेपालिहरु मजदुरको रुपमा कार्यरत छन् ।