मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसरी गर्ने लोकसेवाको तयारी ?



काठमाडौं

नेपालमा बेरोजगारी समस्या घट्ने भन्दा बढ्ने दरमा रहेको छ । बेरोजगारी समस्याको समाधान गर्ने कुरा सबै राजनीतिक दल र प्रत्यक पटक बन्ने नयाँ सरकारको एजेण्डा हुने गरे पनि लामो समयदेखिको यो समस्या अहिलेसम्म समाधान हुन सकेको छैन ।

यही बेरोजगारी समस्याको पृष्ठभूमीमा विभिन्न तहमा सरकारी जागीर खान चाहाने विद्यार्थीहरुको ठुलो जमात हमेसा तयार रहने गरेको छ । सामाजिक रुपमा पनि सरकारी सेवाकाप्रति उच्च आकर्षण रहेको छ ।

सरकारी सेवामा प्रवेश गरेपछि प्राप्त हुने स्थिर जीवन र सुरक्षित भविष्यकाप्रतिको आकर्षणले सरकारी सेवामा प्रवेश गरी आफ्नो भविष्याको सुरक्षासँगै देशको सेवामा संलग्न हुन चाहाने विद्यार्थीहरु थुप्रै रहेका छन् । तिनै विद्यार्थीहरुको सहजताका लागि हामीले लोकसेवा आयोग, परीक्षा र यससँग सम्बन्धित विभिन्न जानकारीमुलक सामाग्रीहरुको नियमित प्रकाशन थालेका छौ ।

लोकसेवा परीक्षामा सफल हुन चाहाने विद्यार्थीहरुले सर्वप्रथम आफ्नो सोंच र दृष्टिकोण बदल्दै साझा धारणासँगै दृष्टिकोण बदल्न जरुरी छ ।
साझा दृष्टिकोणको विकास

समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ । कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत(साधनको कुरा गरेर मात्र हुँदैन, अपितुस् त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०-३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ ।

समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । अतः त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितुस् त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् । यस्ता कुराहरुमा लोकसेवा तयारी गरिरहेका विद्यार्थीले ध्यान पुर्याउन जरुरी छ ।

आगामि दिनहरुमा हामी लोकसेवासँग सम्बन्धित विविध सूचना र जानकारीहरु क्रमशः प्रकाशन गर्दै जानेछौ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ११ : ४८ बजे