मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आप्रवासी रोक्न अमेरिकाद्वारा मेक्सिको सगको सिमानामा सैनिक परिचालन



काठमाडौं । एजेन्सि-

अमेरिकाले मेक्सिको सग जोडिएको आफ्नो सिमानामा सैनिक परिचालन गर्ने भएको छ । मेक्सिको  हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि अमेरिकाले ५२ सय सैनिक परिचालन गरेको छ । हजारौंको संख्यामा मेक्सिकोको नाका हुँदै अमेरिका प्रवेश गर्ने बढेसँगै अमेरिकाले उनीहरुलाई रोक्नका लागि सैनिक परिचालन गरेको हो ।

अमेरिकाको टेक्सस, एरिजोना र क्यालिफोर्नियामा प्रवेश गर्ने आप्रवासीको संख्या बढ्दै गएको अवस्थामा यस्ताे निर्णय अाएको हो ।

अमेरिकी राष्ट्रपतिले यसअघि नै अवैधरुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई सेना परिचालन गर्ने चेतावनी दिएका थिए ।

यसअघि नै अमेरिकाको सीमानामा २१०० राष्ट्रिय सुरक्षाकर्मीहरु परिचालन गरेको थियो ।  अमेरिकामा आउँदै गरेका मध्यावधि निर्वाचनलाई लक्षित गरी यस्तो योजना अघि साएिको हो ।

अझै पनि आप्रवासीहरु अमेरिकी सीमाभन्दा १ हजार माइल टाढा रहेका छन् । अमेरिकी मतदाताहरुलाई आप्रवासीको मुद्दा निकै महत्वपूर्ण रहने गरेको छ । यस्तोमा अहिलेको ल्याइएको योजना मध्यावधि निर्वाचनमा जित हासिल गर्ने ट्रम्पको दाउ रहेको विश्लेषकहरुको बुझाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  ७ : १२ बजे