सर्लाहीमा नेकपाका कार्यकर्ताले  चलाएको गोली लागेर एक कांग्रेस कार्यकर्ताको मृत्यु



सर्लाही कात्तिक, १३–

सर्लाही क्षेत्र नम्ब र ४ मा नेकपाका कार्यकर्ताले  चलाएको गोली लागेर एक कांग्रेस कार्यकर्ताको ज्यान गएको छ ।

वडाअध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच हिजो सामान्य झाडप झडप भएको थियो

हिजोको घटनालाई लिएर नेकपाका कार्यकर्ता हरुले गोली चलाउदा आज बिहान सर्लाहीको रामनगर गाउँपालिका– ४ का मा स्थानीय ६५ वर्षीय बिलास महतोको मृत्यु भएको हो । ।

घटनास्थल हाल प्रहरिको नियन्त्रणमा रहेको र घटनाको बारेमा छनबिन भइ रहेको प्रहरी श्रोतले  जनाएको छ ।

सरकार र प्रहरी प्रसासनको आडमा नेकपाका कार्यकर्ताहरु हत्यामा उध्द्त भएको तथा नेकपा र यो सरकारका लागी अरुको हत्या अझै पनि सामान्य कुरा भएको अहिले घटिरहेका घटनाहरुले पुष्टी गरिरहेको  नेपाली कांग्रेसका जिल्ला नेताहरुले आरोप लगाएका छन । स्थानीयहरुले पनि  यति ठूलो घटना हुदा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी संरक्षण गरेको बताएका छन ।

प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार  ८ : १२ बजे