मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाही हत्याकान्डको कांग्रेसद्वारा भर्त्सना, सभापतिको निर्देशनमा उपसभापती निधी सर्लाही जादै



सर्लाही कात्तिक, १३–

सर्लाही निर्वाचन क्षेत्र नं. ४ को रामनगर गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसको तर्फबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाको कार्यकर्ताहरुले गोली हानी हत्या गरिएको तथा घटनामा परी घाइते भएका  नेपाली कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा लगाएतलाई लिन गएको एम्बुलेन्स माथि समेत नेकपाका कार्यकर्ताहरुले तोडफोड  गरेको घटनालाई लिएर नेपाली कांग्रेसले मंगलवार बिज्ञप्ती निकालेर नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउदै घटनाको भर्तसना गरेको छ ।

बिज्ञप्तिमा कांग्रेसले मृतकलाई शहीद घोषणाको माग गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न तथा घटनामा संलग्नहरुलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई बुधबार सर्लाही जान निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । पुर्व गृह मन्त्री समेत रहेका निधि बुधबार सर्लाही जाने बताइएको छ ।

विज्ञप्तिमा ‘यस घटनालाई नेपाली कांग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिएको छ र नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छ । साथै, यस्ता घटना भविष्यमा पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस नेकपालाई चेतावनी समेत दिन चाहन्छ’ भनिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  १ : ४९ बजे