काठ्मान्डौ,एजेन्सि-
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने हरेक बाल्बालिकालाई प्रप्त हुने नागरिक अधिकार सम्बन्धी कानुन परिमार्जन गरिने बताएका छन ।
यससगैआप्रवासी तथा गैरकानुनी रुपमा अमेरिका बस्दै आएका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता पाउने अधिकार खारेज हुने सम्भावना बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धि कानुनको तयारी गरिरहेका छन् । हालै एचबीओ च्यानलका लागि उनले दिएको अन्तरवार्ता समेत यस्तो खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘कोही व्यक्ति अमेरिका आउँछ । उसबाट जन्मिएका बच्चाले स्वत ः नागरिकता पाउँछ । कसैले स्वतः यसरी नागरिकता पाउने व्यवस्था मुर्खता हो । यसको अन्त्य गर्नुपर्छ ।’
ट्रम्पका अघिल्ला अभिव्यक्तिका आधारमा उनलाई आप्रवासी बालबालिकाको लागि निर्मम शासकको रुपमा ब्याख्या गरिन्छ ।