मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो रङ लगाउदा घरमा शुभ हुन्छ ? यस्तो छ बास्तु शाश्त्रमा



काठमाडौं ।

सबैले आफ्नो घर स्वर्गजस्तो शान्त होस्, सकारात्मक ऊर्जा आउने होस् भन्ने चाहन्छन्। त्यसैले घर बनाउनको लागि र सिंगार्नको लागि पनि थुप्रै पैसा खर्च गर्ने गर्छन्।

घर बनाउँदा रंगरोगनलाई पनि महत्व दिइन्छ। घरलाई सुन्दर देखाउनको लागि विभिन्न रंगको प्रयोग गर्ने गरिन्छ। धेरैजसोले आफ्नो व्यक्तिगत रोजाइ अनुसार घरमा रंग लगाउने गर्छन्। वास्तुशास्त्र अनुसार घरको रंगरोगन गर्दा पनि वास्तुशास्त्रलाई ध्यान दिन सकेमा घर साँच्चै नै सकारात्मक ऊर्जा दिने, स्वर्गजस्तो बन्छ।

वास्तुशास्त्र अनुसार घर यदि पूर्व फर्केको छ भने, हल्का रंग उपयुक्त हुन्छ। पूर्व फर्केको घरको लागि हल्का गुलाबी, हल्का रातो वा सुन्तला रंग राम्रो हुन्छ। यदि घर पश्चिम फर्केको छ भने, त्यो घरमा हल्का हरियो, हल्का निलो या हल्का खैरो रंग लगाउनुपर्छ। यदि घर दक्षिण फर्केको घर छ भने, त्यसमा गाढा रंग लगाउनुपर्छ। त्यस्तो घरमा गाढा हरियो, गाढा निलो रंग लगाउनुपर्छ। यदि घर उत्तर फर्किएको छ भने त्यो घरमा सेतो या निलो रंग लगाउनु राम्रो हुन् ।

यदि बिजनेसको लागि भवन बनाउनुभएको छ भने, त्यो भवन उत्तर फर्किएको भए बैजनी रंग, पूर्व दिशा फर्किएको छ भने रातो रंग, पश्चिम तिर फर्किएको छ भने पहेंलो र दक्षिण तिर फर्किएको छ भने निलो रंग लगाउनु राम्रो हुन्छ।

एजेन्सि-

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  २ : १३ बजे