मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानको पैसा नतिर्ने अग्रवाल पक्राउ



काठमाडौं कात्तिक, १४–

उखु किसानको  झण्डै ४६ करोड रुपैयाँ  नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् ।

काठमाडौ प्रहरीले बुधबार बिहान उखु किसानहरुको जाहेरीका आधारमा अग्रवाललाई  पक्राउ गरेको हो ।

उनी  काठमाडौंको त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ परेका हुन् ।

किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

दुवै मन्त्रालयको आग्रह बमोजिम गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिरिदिन ताकेता गरेको थियो । तर, प्रशासनको ताकेतापछि पनि अग्रवालले पैसा नतिरेपछि पक्राउ गर्न गृहले निर्देशन दिएको हो गृहमनत्रालय श्रोतले जनाएको छ ।

अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको बुझिएको छ । काठमाडौ प्रहरीले अग्रवाललाई आजै जिल्ला पठाउने बताएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार  ७ : १० बजे