काठमाडौं कात्तिक, १४–
काठमाडौं उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यस अघी टिपर दुर्घटनामा धेरैको ज्यान जान थालेपछी बिहान र दिउसो उपत्यका भित्र टिपर चलाउन रोकिएको थियो ।
हिजो आज मात्र पनि टिपर दुर्घटनामा ज्यान गै रहेको छ ।बनेपामा हिजो मात्र टिपरको ठ्क्कर बाट एक्जानाको ज्यान गएको थियो ।
ज्यान जाने गरी हुने अधिकाम्शा टिपर दुर्घटनामा टिपर चालकको लापर्बाही देखिने गरेको प्रहरी अनुशन्धानले देखाएको छ ।
गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिए ।