मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 प्रदेश १ मन्त्रिपरिषद बैठक : प्रदेश योजना आयोग गठन गर्ने लगायत एकै दिन बाह्र निर्णय



विराटनगर  कात्तिक, १४–

प्रदेश १ मन्त्रिपरिषद बैठकले  प्रदेश योजना आयोग गठन गर्ने  र आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने , सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने, प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले  बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार  १० : २८ बजे