मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब उन्नत खालको जनयुद्ध गर्छौ: बाबुराम भट्टराई




काठमाडौं ।

बुधबारदेखि काठमाडौं  मा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पार्टिले अब उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् ।

सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने घोषणा गरेका उनले भने, ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा र्पुयाएका थियौं । अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’

संयोजक भट्टराईले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए । राजनीति भनेकै संघर्ष भएको भन्दै उनले जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने बैठकलाई  जानकारी दिए ।

बैठक काठमाडौंमा चलिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार  १ : ३९ बजे