मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौन दुर्व्यवहारको आरोप लागेका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई मन्त्री बाट हटाइदै



काठमाडौं कात्तिक, १५–

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने तयारी थालेका छन् । अमर्यादित भाषा प्रयोग गरेको आरोपसहित मुख्यमन्त्री पौडेलले

स्थापितलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग छलफल गर्न लागेका हुन् । पार्टीका शीर्ष नेतहरुसँग स्थापितलाई मन्त्रीबाट हटाउनबारे  परामर्श गर्न पौडेल बिहीबार काठमाडौं आउन लागेका छन्।
मन्त्री स्थापितले बुधबारको मन्त्रिपरिषद् बैठकमा पौडेललाई  अमर्यादित व्यवहार गरेको  प्रदेश ३ का एक मन्त्रीको भनाइ छ ।

‘केशवजी अभ्रद तरिकाले प्रस्तुत हुनुभयो। उत्तेजनामा आउनुभयो। अशिष्ट, अमर्यादित भाषा प्रयोग गर्नुभयो’, ती मन्त्रीले सेतोपाटीसँग भने, ‘मन्त्रीहरू सबै पार्टीले चयन गरेको हो। पार्टीको सरकार भएकाले मुख्यमन्त्रीले नेतृत्वसँग छलफल गरेर निर्णय लिनुहुन्छ।’

मन्त्रिपरिषद् बैठकमा बजेट आएको तीन महिना पुगेकाले समीक्षा गर्ने विषय उठेको उनले बताए।

‘बजेट कार्यान्वयन भएन। काम भएन भन्ने कुरा भैराखेको थियो’, ती मन्त्रीले भने, ‘उहाँको के समस्या थियो कुन्नी एकाएक चर्को स्वरमा अमर्यादित ढंगले प्रस्तुत हुनुभयो।’

उनले बैठकमा स्थापितले मुख्यमन्त्रीलाई ‘च्यालेन्ज’ गरेको बताए।

‘एक जनालाई नेता मानेर हामी सरकारमा बस्छौं। केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री’, ती मन्त्रीले भने, ‘उहाँको राय नमिले राजीनामा दिनुपर्थ्यो। मन्त्री नै अर्मयादित र अराजक ढंगले प्रस्तुत हुँदा सरकार चल्न सक्दैन। त्यसैले मुख्यमन्त्रीले पार्टीसँग छलफल गर्नुहुन्छ।’ यही बेला यौन दुर्व्यवहारको आरोप लागेर मन्त्री स्थापितको चौतर्फी आलोचना समेत भैरहेको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ८ : ५७ बजे