मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कदै



काठमाडौं कात्तिक, १५–

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै छिन् ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आएकी हुन् ।

कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।

साथै उनले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीका साथ उनीसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।

राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको यहाँस्थित दूतावासले जनाएको छ । रासस

 

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ९ : २२ बजे