३४ किलो गाँजा बोकेर हिडेका भारतीय नागरिक पक्राउ



बारा कात्तिक, १५–

बारमा ३४ किलो लागूऔषध गाँजासहित एक  भारतीय नागरिक पक्राउ परेका छन् ।   बारा प्रहरीले  भारतको बिहारस्थित पूर्वी चम्पारण मोतिहारीका २३ वर्षीय शशिकान्त मिश्रलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।

उनलाई बारास्थित सूवर्ण गाउँपालिका–३, लंगडा टोलमा ईलाका प्रहरी कार्यालय, कवहीगोठबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका  मिश्रले सेतो कारको सिटमुनी फल्स बटम बनाएर लागूऔषध ल्याएका थिए । उनकोबारे थप अनुसन्धान भैरहेको छ ।

 

प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार  ११ : ०२ बजे