मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानेपामा नेपाली कांग्रेसको चियापान भब्य र ब्यबस्थित रुपमा सम्पन्न (फोटो सहित्)



काठमाडौ–

नेपाली कांग्रेसले आज  विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ।

एक लाख जनालाई आमन्त्रित गरिएको कांग्रेसको चियापानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,  नेकपाका वरिष्ठ नेता झलनाथ खनाल,  राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका अन्य दलका नेताहरु उपस्थित थिय ।

 त्यस्तै कार्यक्रममा विभन्न दलका अन्य नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख त्यसै गरी व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न सङ्घ–संस्थाका प्रमुखलगायतका कांग्रेसका समर्थक सदस्य एवं शुभेच्छुकहरु उपस्थित थिय ।

आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौड्याल महामन्त्री शशांक कोइराला, प्रकाशमान सिह, कोषध्यक्ष सितादेवि यादबलगायतले क्रमस उभिएर स्वागत गरेका थिय ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वास्तविक प्रतिपक्षी सानेपामा भेटिएको भन्दै खुसी समेत व्यक्त गरे।  खनालले भने, ‘कांग्रेस अव्यवस्थित पार्टी भन्थे, चियापानले व्यवस्थित देखायो।’

आजको चियापान कार्यक्रम भब्य र व्यासथित देखिन्थ्यो भने पार्टी कार्यलयलाई आकर्शक रुपमा सजाइएको र ठाउँ ठाउँ मा जननायक बि पि कोइरालाका भनाइ हरु टासेर बिपि कोइरालाले शुरु गरेको चियपान मा बिपी लाइ स्मरण गर्न खोजिएको देखिन्थ्यो ।
कार्यक्रममा उपस्थित भएका युबा नेताहरु बिश्व प्रकाश शर्मा,गगन थापा, प्रदिप पौडेल, गुरु घिमिरे लगायतको बिशेश आकर्सण रहेको थियो ।उनिहरु सग तस्बिर लिनेहरुको घुइचो समेत पार्टी कार्यलामा देख्न सकिन्थ्यो ।

पार्टी कार्यलयमा दिन भरी नै भिड भाड थियो भने लामो लाईन बसेर मात्रै कार्यलय भित्र प्रबेस गर्न सकिन्थ्यो ।

पार्टीका संस्थापक नेता जननायक बीपी कोइरालाले २०३३ सालम राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि बडा दशैंको पूर्णिमाको भोलिपल्ट चियापान कार्यक्रम गर्ने परम्परा सुरु गरेका थिय । त्यही परम्परालाई गणेशमान सिंह लगायत त्यस पछिका पार्टिका अन्य नेताहरु र पछी पार्टि केन्द्रिय समितिले नै निरन्तरता दिदै आएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  १ : ४३ बजे