प्रधानमन्त्री ओली पुर्णरुपमा स्वस्थ , अस्पतालबाट डिस्चार्ज



काठमाडौँ ।

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।  डिस्चार्ज भएका  प्रधानमन्त्री ओली अहिले साँझ प्रधानमन्त्री   निवास बालुवाटार फर्किएका छन ।

निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति धन्यवाद प्रकट गर्दै आफूलाई गरेको उपचारमा एकदम चित्त बुझेको बताएका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणमा  स्वास्थ्यस्थिति सामान्य देखिएपछी अस्पतालाले डिस्चार्ज को प्रकृया थालेको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थिए ।

उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई किड्नी, मुटुबाट भन्दा पनि इन्फेक्सनबाट बढि खतरा भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार  २ : १० बजे