१७ कात्तिक, काठमाडौं ।
तालिबान नेता मौलाना समी उल हकको पाकिस्तानको रावलपिन्डीस्थित घरमै मारिएका छन । उनी तालिबान लडाकुहरुका ‘गडफादर’ मानिने गरेका थिय । उनि मारिएपछी तालिबान लाई ठुलो क्षति पुग्ने अनुमान गरिएको छ ।
मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक मानिन्छन् । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए ।
उनी रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकामा बस्दथे । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।
मौलाना समी उल हकको उमेर ८० वर्ष भन्दा बढी थियो । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बने । यही मदरसाबाट हजारौं तालिबान लडाकुहरुले इस्लामी शिक्षा हासिल गरेका थिए ।
मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो । राजनीतिक विश्लेषकहरुले उनलाई तालिबानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।
निकै संवेदनशील समयमा उनको हत्या भएको समाचार बीबीसीमा प्रकासित भएको छ ।