मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुटानको खबर : २ मन्त्री र ९ जना सम्सद नेपाली भाषी (नेपालि)



काठमाडौं ।

भुटानको मन्त्रिपरिषदमा दुई जना नेपालीले ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो ।

भुटानको राजधानी थिम्पुमा शनिबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यको सूचिमा नेपाली भाषी दुई सांसद जयबीर राई शिक्षा मन्त्री र लोकनाथ शर्मा आर्थिक मामिला मन्त्री नियुक्त भएका छन ।

भुटानमा केही हप्ताअघि भएको निर्वाचनमा संसदको  ४७ मध्ये ३० सिट ल्याएर  डिएनटीले सरकार बनाउने स्पष्ट बुहमत हासिल गरेको थियो । डिएनटीका ३० सांसदमध्ये ९ जना नेपाली भाषी छन् ।पार्टीले सभापति डा। लोटे छिरिङ प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका १० जनाको नाम सार्वजनिक गरेको छ ।

डिएनटीले आफ्नो सांसद संख्याको ३० प्रतिशत नेपाली भाषी रहेको भन्दै ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपाली भाषीलाई ठाउँ दिएको जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  १ : ०४ बजे