मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार हत्यारा,बलत्कारि,र अपराधिहरुको अभिभाबक नबनोस् : कांग्रेस उपसभापति विमलेन्द्र निधि



१७ कात्तिक,जनकपुरधाम्-

सर्लाहीमा भएको गोली काण्डको घटनामा दोषीलाई उम्काउन संघीय र प्रदेश सरकार दुवै लागिपरेको  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाएका छन् ।

शनिबार जनकपुरधामको जिरोमाईलस्थित जनकपुर युथ क्लवको १३ औं साधारणसभामा बोल्दै नेता निधिले गोली काण्डका दोषीलाई कार्वाही गर्न सरकारसँग माग पनि गरेका छन् ।

दोषीलाई उम्काउनु भनेको अपराधलाई प्रश्रय दिनुु सरह भएकोले सरकारलाई कानुनी राज्य र जनाता प्रतिको उत्तरदायित्व देखाउन निधिले आग्रह गरेका छन ।

कंचनपुरकि मिर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता नलगाएको प्रसङ्ग उठाउदै निधिले सरकारको गतिबिधी हेर्दा सरकार हत्यारा , बलत्कारि, र अपराधिहरुको सम्रक्षक जस्तो अनुभुती हुने गरेको बताए ।

पूर्व गृह मन्त्री समेत रहेका निधिले हत्या र बलत्कार जस्ता जघन्य अपराधमा सम्लग्न अपराधिहरुलाई कानुनी कठघरामा ल्याएर कानुनी राज्यको प्रत्याभुती गराउन सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  १ : ४१ बजे