मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारपछि नागरिकलाई राष्ट्रिय परिचयपत्र बितरण शुरु गर्ने तयारिमा सरकार



काठमाडौं ।

तयारी थालेको आठ वर्षपछि सरकारले तिहार पछि नागरिकलाई राष्ट्रय परिचयपत्र वितरण  गर्ने भएको छ ।

तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्च पदस्थ कर्मचारीलाई बायोमेट्रिक विवरणसहितको चिप प्रविधियुक्त परिचयपत्र वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले जानकारी दिए ।
गएको विहिबारदेखि परिचयपत्र छाप्न सुरु भएको छ । उनका अनुसार पाँचथरबाट परिचयपत्र वितरण सुरु हुनेछ ।

परिचयपत्रमा दश औँलाको औँठाछाप हुने र कार्ड मेसिन रिडएबल प्रविधिको हुने काफ्लेले बताए । कार्डमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबुबा, श्रीमान्, श्रीमतीको नामसहित व्यक्तिगत सबै विवरण हुनेछ । यस्तै, परिचयपत्रमा आमाको नाम नरहेको भन्ने हल्ला झुठो रहेको निर्देशक काफ्लेको भनाई छ ।

यसैबीच, राष्ट्रिय परिचयपत्र वितरण भइसकेपछि अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ । उच्च प्रहरी अधिकारीहरुका अनुसार अहिले कतिपयले पहिचान ढाँट्ने र फर्जि कागजात बनाएर नागरिकता लगायत प्रमाणपत्र बनाउने गरेका छन् । राष्ट्रिय परिचयपत्रले त्यो प्रवृत्ति रोकिनेछ । साथै फिंगर प्रिन्टको विवरण सरकारसँग हुने भएका कारण अपराधमा संलग्न व्यक्तिको फिंगर प्रिन्टमार्फत अपराध पत्ता लगाउन सहज हुने प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  ३ : ४८ बजे