मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर सहित रारा भ्रमणमा रहेको जनप्रतिनिधि टोली मातेर भिडन्तमा , मेयरको टाउकामा ५ टाँका !



कालीकोट कात्तिक, १८–

रारा घुम्न पुगेका जनप्रतिनिधि रक्सि खाएर झगडा गर्दा मेयरसहित अन्य केहि घाइते भएका छन् ।  स्याङजाको चापाकोट नगपालिकाका जनप्रतिनिधिको शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा बसेका थिए ।  राति करिब २ बजेतिर झडप हुँदा मेयर शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका र नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ तथा  चालक सुनिक एसकेलाई ५  टाँका लगाइएको स्रोतले जनायो ।

घाइतेहरूको  अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ  । स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बिषयमा विवाद भएको स्रोतले जनायो । मासु पोलेर खाने क्रममा    अपशव्द बोल्न थालेपछि झगडा भएको बुझिएको छ ।
दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको बताईएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  ६ : २५ बजे