कालीकोट कात्तिक, १८–
रारा घुम्न पुगेका जनप्रतिनिधि रक्सि खाएर झगडा गर्दा मेयरसहित अन्य केहि घाइते भएका छन् । स्याङजाको चापाकोट नगपालिकाका जनप्रतिनिधिको शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा बसेका थिए । राति करिब २ बजेतिर झडप हुँदा मेयर शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका र नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ तथा चालक सुनिक एसकेलाई ५ टाँका लगाइएको स्रोतले जनायो ।
घाइतेहरूको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बिषयमा विवाद भएको स्रोतले जनायो । मासु पोलेर खाने क्रममा अपशव्द बोल्न थालेपछि झगडा भएको बुझिएको छ ।
दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको बताईएको छ ।