कार्तिक १८ काठ्मान्डौ-
सुरज पौडेल
शुक्रबारदेखि देशभर दिपेन्द्र के खनाल निर्देसित चलचित्र ‘चङ्गा चेट’ रिलिज भएको छ । चलचित्र ‘चङ्गा चेट’लाई शनिबार दर्शकको उत्साहजनक साथ मिले पछी चलचित्रका निर्माता निर्देशक पनि चङ्गा भएका छन । शनिबार देशभरका अधिकांश हलमा दर्शकको भीड लागेको यसको निर्माण पक्षले बताएको छ । शनिबार दिनभर नै काठमाण्डौका विभिन्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देेशक र कलाकार दर्शकको साथले उत्साहित देखिएका थिए ।
माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएको यो चलचित्रले यूवाहरुको समस्यालाई कमेडीको माध्यमबाट उठान गरेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ ।