मानवअधिकारवादी नेता तुलाधरको सोमबार नेवारी परम्पराअनुसार अन्त्येष्टि



काठमाडौं कात्तिक, १९–

आईतबार निधन भएका वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

उनको  शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार  ११ : २४ बजे