२५ हजार घुस खादा पाठ्यक्रमका लेखापाल को जागिर चट



काठमाडौं कात्तिक, १९–

पाठ्यक्रम विकास केन्द्रका लेखापाल गुणराज दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। लेखापाल  दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार  गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा समाउन सफल भएको हो ।

कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री (डि.भि.डी.) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो।

उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने  बहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारको भनाइ छ ।

 

प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार  ११ : ३३ बजे